यस जनज्योति कृषि सहाकरी संस्था लिमिटेड सप्तरी जिल्लामा नै उत्कृष्ट कृषि सहकारीको रूपमा स्थापित भएको हुदा, संस्थाले आफ्ना शेयरधनि सदस्यहरु तथा अन्य सर्वसाधारणहरुलाई समाजसेवाको उद्देश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। सदस्यहरु तथा अन्य सर्वसाधारणहरु आवश्यकता अनुसार कुनै पनी समयमा संस्थाले यो सेवा प्रदान गर्ने गरेको छ। संस्थाले नेपाल सरकारबाट राजस्व छुट प्राप्त गरी संस्थाको नाममा एम्बुलेन्स खरीद समाज सेवाको उद्देश्य अनुरूप अघि बढेको छ। आपत विपदमा परेका व्यक्तिहरुले संस्थाको यो सेवा प्रयोग गरी अन्यंत सन्तुष्ट रहेको जानकारी व्यक्त गरेका छन। संस्थाले एम्बुलेन्स सञ्चालनको लागी न्यूनतम रकम सेवा ग्राही बाट उठाई सञ्चालन गर्ने गरेको छ।